पोखरा ढुङ्गेसाँघुमा हुने कोटिहोमको तयारी अन्तिम चरणमा
पाेखरा | मंसिर ८, २०८१
पोखरा: पोखरा महानगरपालिका वडानम्बर १५ ढुङ्गेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।
अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा यही मंसिर १७ देखी २७ गतेसम्म कोटिहोम गर्न लागिएको हो । पट्नेरी शुक्लागण्डकी (सेती नदी)को तटमा आयोजना गरिएको कोटिहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरि तयारी अवस्थामा राखिएको छ । भने मन्दिरमा रंगरोगर र ध्वजापतकाले सजाइएको धामका अध्यक्ष मदन गिरीले जानकारी दिए ।
कोटिहोमका प्रमुख बाचक, धामका संरक्षक, यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल शनिबार पोखरा आइसकेका छन् ।
अमेरिकामा बस्दै आएका प्रमुख बाचक ढकाल शनिबार पोखरा आइपुगेका हुन् । ढकालको स्वागतमा अन्नपूर्णेश्वर शिवालय शिवशतिक्त धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भब्य स्वागत गरिएको छ ।
विमानस्थलबाट पोखरा १५ कोलपाटनमा रहेको राधेराधे मन्दिरमा विशेष पुजा अर्चनामा सहभागि भए लगत्तै बाचक ढकाललाई बाजागाजाहित कोटिहोम स्थल धाममा पुर्याइएको समितिका सचिव कमला बरालले जानकारी दिइन् ।
यज्ञ स्थलको निरिक्षण पछि ढकालले समितिका पदाधिकारी स्थानीयलाई विशेष निर्देशन दिदैँ हरिहर क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्न संकल्पित भएर लाग्न भने ।
बहुसाँस्कृतिक ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हरिहर क्षेत्र, पुण्यभूमिलाई साँस्कृतिक पहिचान, धार्मिक एवं पुरातात्विक सम्पदाको जगेर्ना र संरक्षण गदैँ पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिने ढकालले बताए ।
बाचक ढकालको स्वागतमा कोटिहोम स्थालमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै पोखरा महानगर वडानम्बर १५ का वडासदस्य बलराम पौडेलले कोटिहोमलाई सफल बनाउन वडानले सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रकृतिले दिएको सम्पदालाई संरक्षण गरेर यस क्षेत्रको विकासमा समेत प्रयोग गर्न सकिने पौडेलले बताए ।
धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए ।
कोटिहोममा कथा बाचनका लागि १५ भन्दा बढि धर्म गुरु आउने आयोजकले जनाएको छ ।
काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ। समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृ...
काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।&nb...
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

